काठमाडौं । नेपाल बैंक लिमिटेडबाट आईपीओ भर्ने ग्राहकहरुले धितोपत्र आवेदनमा तिर्नुपर्ने सिआस्वा शुल्कमा पूरै छुट पाउने भएका छन् । बैंकका अनुसार अबदेखि सम्पूर्ण ग्राहकहरुले नेपाल बैंकबाट निःशुल्क रुपमा आईपीओ भर्न सक्नेछन् । हाल नेपाल धितोपत्र बोर्डले धितोपत्र खरिदसम्बन्धी सुविधा उपलब्ध गराएबापत बैंक तथा वित्तीय संस्थाले बढिीमा पाँच रुपैयाँ सेवा शुल्क लिन पाउने व्यवस्था गरेको छ […]