अघिल्ला वर्षजस्तै विद्युतीय सवारीका करमा चलखेल सुरु भइरहेका बेला नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले सरकारले छुटलाई निरन्तरता दिनुपर्नेमा जोड दिएको छ । २/४ वर्षलाई यही नीति निरन्तर रहनुपर्ने नाडाका अध्यक्ष ध्रुव थापाको भनाइ छ । ‘हामीले विद्युतीय सवारीमा लाग्दै आएको भन्सार, अन्तःशुल्क सबैलाई निरन्तरता दिनुपर्छ भनेका छौं,’ उनले भने, ‘एक सय किलोवाटदेखि माथिको कर घटाउनू भनेका छौं । तर कर घटाउने दबाद दिँदा उल्टै बढ्ने हो कि भनेर निरन्तरता दिन भनेका हौं ।’