बूढानीलकण्ठमा संविधान दिवस : सरसफाइ कार्यक्रम गरी मनाइने

बूढानीलकण्ठ नगरपालिकाले संविधान दिवस सरसफाइ कार्यक्रम गरी मनाउने भएको छ ।  नगरस्तरीय समितिको बैठकले संघीय गणतान्त्रिक नेपालको सातौँ संविधान दिवसका अवसरमा यही असोज ३ गते बिहान ७ देखि ९ बजेसम्म कम्तीमा दुई घण्टा भौतिक दूरी कायम गरी सरसफाइ कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । प्रत्येक नगरवासी आ–आफ्नो घर, पसल, प्रतिष्ठानको कम्तीमा ५० मिटर वरपर व्यक्तिगत÷सामूहिक÷संस्थागत योजनासहित अनिवार्यरूपमा नगरपालिकाको बृहत सरसफाइ अभियान सञ्चालन गर्ने कार्यक्रम रहेको नगरप्रमुख उद्धवप्रसाद खरेलले बताए ।&nbs...