पार्टीमा सहमतिका लागि माधव नेपाल समूहले दिएको सोमवार बिहान सम्मको अल्टिमेटम सकिएको छ ।
यसबीचमा सहमतिको ठोस पहल नभएकोले आफूहरु राजीनामाको तयारीमा रहेको नेपाल पक्षका एक सांसदले लोकान्तरलाई जानकारी दिए ।
आइतवार संसद सचिवालय सिंहदरबारमा बसेको माधव पक्षका सांसदहरुको बैठकले सोमवार बिहान ९ बजेसम्म सहमति गर्न ओलीलाई अल्टिमेटम दिएको थियो ।
नेता नेपालले पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काउने लगायत माग राख्दै आइतवार मध्यरातमा एक विज्ञप्ति जारी गरेका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिन न...