नेपाल इन्जिनियरिङ कलेजमा १०० शैयाको आइसोलेसन केन्द्र तयार (तस्बिरहरू)

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकाले नेपाल इन्जिनियरिङ कलेजमा १ सय शैयाको आइसोलेसन केन्द्र बनाएको छ । कोरोना संक्रमितको संख्या बढ्न थालेपछि इन्जिनियसङ कलेजमा आइसोलेसन केन्द्र बनाइएको हो । आइसोलेसन केन्द्रलाई छिट्टै सञ्चालनमा ल्याइने नगरपालिकाले जनाएको छ । नगरपालिकाका अधिकारीहरू कोरोनाविरुद्ध लड्नका लागि आफूहरू तयारी अवस्थामा रहेको बताउँछन् । तस्बिरहरू : अभिषेक महर्जन