बीबीसी। श्रीलंकामा फ्याकिएको अवस्थामा संसारको सबैभन्दा ठूलो बहुमूल्य निलो रत्न भेटिएको छ। श्रीलंकाको रत्नपुरा क्षेत्रमा इनार खन्ने क्रममा उक्त रत्न भेटिएको हो। विज्ञहरुका अनुसार श्रीलंकामा भेटिएको धूमिल निलो रत्नको मूल्य अन्तर्राष्ट्रिय बजारमा लगभग १० करोड अमेरिकी डलर (करिब ११ अर्ब ८८ करोड रुपैयाँ) पर्छ। रत्नको तौल ५१० किलोग्राम रहेको बताइएको छ। यसलाई ‘भाग्यले भेटिएको रत्न’ नाम दिइएको छ।