‘थप स्थानीय तहको व्यवस्थापन ३ दिनभित्र गर’

निर्वाचन आयोगले प्रदेश २ मा थपिने स्थानीय तहमा ३ दिनभित्र कर्मचारी परिचालनसहित सम्पूर्ण व्यवस्थापन मिलाउन सरकारलाई आग्रह गरेको छ । स्थानीय तह थप्ने सरकारको निर्णयविरुद्धको रिट सर्वोच्च अदालतले खारेज गरेपछि प्रदेश २ मा १० वटा नयाँ स्थानीय तह थपिने भएका छन् ।