बुटवलमा दर्ता नभएका इरिक्सा सञ्चालनमा रोक, पुनः सञ्चालन गरेको पाइएमा नियन्त्रणमा लिने

बुटवल । बुटवलमा दर्ता नभएका इरिक्सा सञ्चालनमा रोक लगाइएको छ । यो अभियानसँगै अब बुटवलमा आवतजावत गर्न केही सहजता हुने छ । विद्युतीय रिक्सा सञ्चालन, व्यवस्थापन तथा नियमन सम्बन्धी कार्यविधि २०७६ अनुसार दर्ता नभएका इरिक्सा सञ्चालनमा रोक लगाइएको हो । अब बुटवलमा यसअघि दर्ता भएका एक हजार दुई सय ५६ वटा इरिक्सामात्रै चल्न पाउनेछन् । […]