काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा पूर्वगृहमन्त्रीसमेत रहेका केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई निलम्बन गर्नुपर्ने माग उठेको छ । बैठकको तेस्रो दिन बिहिबार प्रस्तुत एजेण्डाबारे आफ्नो धारणा राख्दै केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका केन्द्रीय सदस्य खाँणलाई पार्टीबाट निलम्बन गर्नुपर्ने माग राख्नुभएको हो । केन्द्रीय सदस्य सिवाकोटीले खाणप्रति […]