म्याग्दीमा एमाले उम्मेदवारलाई २४ घण्टे स्पष्टीकरण माग

चामल बाँढेको र युवा क्लबलाई चन्दा दिएर मतदाता प्रभावित बनाउन खोजेको भन्दै उजुरी परेपछि एमालेबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हरिकृष्ण श्रेष्ठ र प्रदेशसभा सदस्यका उम्मेदवार यामबहादुर गर्वुजालाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले २४ घण्टे स्पष्टीकरण सोधेको छ ।