यःमरि पुन्हिको नालीबेली

यःमरि च्वामु, उकी दुने हाकु ब्यूम्ह ल्यासे, मब्यूम्ह बुह्रिकुति छिमिनं चिकु, जिमि नं चिकु पियाच्वने थाकु, याकनं ब्यू । (यःमरि चुच्चो, भित्र भने कालो दिने तरुनी, नदिने बूढीढिकी तपाईंहरूलाई पनि जाडो, हामीलाई पनि जाडो कुरिरहन गाह्रो, चाँडो चाँडो देऊ ।) माथि उल्लिखित काव्यात्मक अभिव्यक्ति कुनै कवि विशेषको आत्माबाट प्रस्फुटित भएको नभई यःमरि पुन्हिको कुरोलाई लिएर लोकोक्तिमा आधारित अभिव्यक्ति हो । जसमा यःमरिको आकार–प्रकार, यःमरि बनाउने महिला, यःमरि पुन्हिको वातावरण आदिलाई