डलर सटही सुविधाले होटल क्षेत्रमा उत्साह

होटलमा आफ्ना ग्राहकलाई डलर सटहीमा समस्या व्यहोर्दै आएका होटल व्यवसायीलाई राष्ट्र बैङ्कको मौद्रिक नीतिले राहत प्रदान गरेको छ। नेपाल राष्ट्र बैङ्कले आइतबार सार्वजनिक गरेको मौद्रिक नीतिअनुरुप अब होटलले आफ्ना ग्राहकलाई ३०० अमेरिकी डलरसम्मको सटही सुविधा पाउने भएका हुन् । यसअघि होटललाई यस्तो सुविधा नुहँदा पर्यटकले सास्ती व्यहोर्ने गरेका थिए। होटल एसोसिएसन अफ नेपाल (हान)का महासचिव…