सर्वदलीय बैठककाे छलफल राष्ट्रपतिको बंगलादेश भ्रमणमै सीमित

काठमाडौं : राष्ट्रपति विद्यादेवि भण्डारीले बोलाएको सर्वदलीय बैठकमा बंगलादेशमा हुने भ्रमणको बिषयमा मात्रै छलफल भएको छ। बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भने, ‘बंगलादेशको भ्रमण रहेछ। त्यही बिषयमा छलफल गर्नका साथै चियापानका लागि बोलाउनुभएको रहेछ।’ उनले बैठकमा समसामयिक बिषयमा कुराकानीसमेत भएको बताए। बैठकमा माओवादी केन्द्रका अध्यक्ष, कांग्रेस नेता विमलेन्द्र निधि र जनमोर्चा अध्यक्ष केसीलगायतका नेताहरुले आआफ्नो