विराटनगर : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) प्रदेश १ समितिको आज (बुधबार) बसेको बैठकले पदाधिकारी टुंगो लगाउन सकेन।प्रदेश अध्यक्षको आकांक्षीमा रहेका केन्द्रीय सदस्य सुरेशकुमार राई (हिमाल), आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो र हेमराज भण्डारीले समितिको पहिलो बैठकमा आफूहरुले प्रदेशको अध्यक्ष पद छोड्ने सहमति गरेका थिए।यसपछि नयाँ नेतृत्वमा पाँचथरका हर्कबहादुर नेम्वाङ (मिक्सो), सुनसरीका मुक्साहाङ मेन्याङ्बो (मुकेश) र शिवकुमार डाँडीले अध्यक्षमा दाबी गरेका छन्।बैठकका सञ्चालक त