धेरै सरकारी अस्पतालहरु न्युन जनशक्तिमा चलिरहेको देखिएको छ । महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको प्रतिवेदनमा यस्तो देखिएको हो।
स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्ड सम्बन्धी निर्देशिका, २०७० को बुँदा नं. १९(१) मा अस्पतालको बेड संख्याको आधारमा जनशक्तिको व्यवस्था गर्नुपर्ने उल्लेख छ। त्यस अ...