बुद्धको दर्शन, संस्कार र संस्कृति सिक्न संसारका दार्शनिकलाई शिक्षामन्त्रीको आग्रह

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले गौतम बुद्धका उपदेशहरू विश्वमै लोकप्रिय भएको बताएका छन् । शनिबार बेलायतको राजधानी लण्डनमा आयोजित बुद्धको २५६६ औं जन्मजयन्तीको अवसरमा मन्त्री पौडेलले गौतम बुद्ध नेपालको भूमिमा जन्मेर मानव कल्याणका लागि ठुलो योगदान दिएको बताउँदै बुद्धका उपदेशहरू विश्वमै लोकप्रिय रहेको बताएका हुन् हो ।  मन्त्री पौडेलले बुद्ध विचारले अहिंसा, सद्भाव, मानव कल्याण र मानिसकै जीवनमा शान्तिको बाटो देखाएकोले उनका विचारहरू विश्वभर नै धेरै लोकप्रिय हुन सकेको बताए