सोलुखुम्बु – सोलुखुम्बु जिल्ला प्रदेश निर्वाचन क्षेत्र (क) मा गठबन्धनबाट माओवादी केन्द्रका गोम्बु शेर्पा (कर्ज्याङ) विजयी हुनु भएको छ । उहाँ निकटतम् प्रतिस्पर्धी एमालेका उत्तम कुमार बस्नेतलाई १३ सय ३७ मतले पछि पर्दै विजयी हुनु भएको हो ।
अन्तिम मतपरिणाम अनुसार शेर्पाले १० हजार ३५ मत प्राप्त गर्दा बस्नेतले ८ हजार ३ सय ९८ मत प्राप्त गर्नुभयो ।
यो प्रदेशमा जम्मा २० हजार ४ सय ४ मत खसेको थियो । २ वटा प्रदेश सभा क्षेत्र रहेको जिल्लाको (ख) तर्फ एमालेका बुद्धि कुमार राजभण्डारी विजयी हुनु भएको छ ।