हुण्डी कारोबारको अखडा बन्दै ठमेल, नरदेवी, न्यूरोड क्षेत्र

लोकेन्द्र भट्ट/निकेश खत्रीठमेल, नरदेवी, न्यूरोड र इन्द्रचोक पर्यटकीय क्षेत्र भनेर चिनिन्छ । तर हाल उक्त क्षेत्र चिनियाँ व्यापारीको संलग्नतामा नेपालमा अवैध मानिएको हुण्डी कारोबारको अखडाको रूपमा चिनिन थालेको छ ।न्यूरोड, भोटाहिटी, महाबौद्ध, ठमेल, नरदेवी लगायतका क्षेत्रमा रहेका व्यावसायीले चीनतर्फको सामान निर्यात गर्दा र उताबाट आयात गर्दा हुण्डीमार्फत भुक्तानी गर्नुपर्छ । अझ महाबौद्धका चिनियाँ सामान पाउने बजारमा आउने प्रत्येक सामानको भुक्तानी हुण्डीमार्फत् हुने गर्छ । यसै गरी, ठमेल तथा नरदेवी क्षेत्