बस्तीमा रेलमार्गको नक्सांकन परेको भन्दै रोक्न भरतपुरवासी संघर्षमा
पूर्व–पश्चिम विद्युतीय रेलमार्गका लागि गरिएको नक्सांकन बस्तीमा परेको भन्दै भरतपुरमा संघर्ष समिति बनेको छ । रेलमार्गका लागि नक्सांकन गरिएको क्षेत्रका बासिन्दाको भेलाले भगीरथ पहाडीको संयोजकत्वमा ६७ सदस्यीय संघर्ष समिति बनाएको हो ।...
अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) ले सुकुम्बासी बस्तीमा डोजर लगाउने कार्य तत्काल रोक्न माग गरेको छ । महानगरपालिकाको यो कदम संविधान तथा कानुन विपरीत र मानवअधिकार विरोधी भएको भन्दै महासंघले निन्दा तथा भर्त्सना समेत गरेको छ ।महानगरपालिकाले मच्चाएको डोजर आतंकको विरुद्ध जनताले गरेको प्रतिरोध स्वाभाविक रहेको बताउँदै महासंघले भूमिहीन दलित, सकुम्बासी र अव्यवस्थित बसोबासीहरूको संघर्षमा ऐक्यबद्धता प्रकट गरेको छ । गरिब तथा निमुखा जनतामाथि डोजरको बलमा आतङ्क मच्चाउने र सुरक्षाकर्मीको बलमा दमन गर