पुल निर्माणको म्याद थप्दै, काम अलपत्र पार्दै

चन्द्रनिगाहपुर–गैंडाटार जाने चाँदी नदीमा पुल निर्माण सुरु भएको ६ वर्ष बित्यो । निर्माणको ठेक्का लिएको कम्पनीले भने सम्झौता गरेको समयमा काम गर्न सकेको छैन । काम अघि नबढेपछि र ठेकेदारले पुल अलपत्र छाडेपछि स्थानीयले आन्दोलन पनि गरे । तर तीन/तीन पटक म्याद थपेको ठेकेदारले अझै काम सुस्त पारिरहेको छ ।

सम्बन्धित सामग्री

बहाना बनाउँदै, म्याद थप्दै

रौतहटमा ठेकेदार कम्पनीले विभिन्न बहाना बनाई पुल र सडक निर्माणमा ढिलाइ गर्दै आएका छन् । कहिले बजेट अभाव त निर्माण सामग्रीको समस्या, कहिले वर्षाको कारण देखाउँदै उनीहरूले काम अलपत्र पार्दै आएका हुन् ।