पुटिनको हत्या गर्न अमेरिकी सांसदको आह्वान

न्यूयोर्क : अमेरिकी सिनेटर लिन्डसे ग्राहमले रूसी राष्‍ट्रपति भ्लादिमिर पुटिनको हत्या गर्न आह्वान गरेका छन्।उनले ट्वीट गर्दै भने, 'रूसमा कुनै ब्रूटस (साहसी हिरो) छ? रूसी सेनामा कोही कर्नल स्‍टफनबर्गभन्दा सफल छ? रूसमा कुनै व्यक्तिले उसको हत्या गर्‍यो भने यो सबै काम सकिने छ। तपाईंले अफ्नो भूमि र संसारका लागि महान् काम गर्नु हुनेछ।'हाल रूस र युक्रेनबीच भीषण युद्ध भइरहेको छ।

सम्बन्धित सामग्री

अमेरिकी सांसद ग्राहमले राष्ट्रपति पुटिनलाई मार्न अपिल गरेपछि रुस आक्रोशित

काठमाडौं । अमेरिकी सांसद सिनेटर लिंड्से ग्राहमले रुसले युक्रेनमाथि आक्रमण गरेको भन्दै रुसी राष्ट्रपति भ्ल्यादिमिर पुटिनको हत्या गर्नु पर्ने बताएपछि रुस आक्रोसित बनेको छ । युक्रेन र रुसबीच युद्ध चर्किरहेका बेला ग्राहमले एक टेलिभिजन अन्तर्वार्तातामा पुटिनलाई मार्न रुसबाट कोही अघि सर्नुपर्ने र त्यसपछि मात्रै यो युद्ध रोकिन सक्ने बताएका थिए । अन्तर्राष्ट्रिय संचार माध्यमका अनुसार […]