काठमाडौं । नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा कोभिड–१९ को संक्रमणलाई रोक्ने हर सम्भव उपायहरु गर्न सरकारसँग माग गरेका छन् । सोमबार एक विज्ञप्ति जारी गर्दै सभापति देउवाले संक्रमितको उपचारका लागि आवश्यक स्वास्थ्य संरचना, स्वास्थ्य सामग्रीहरुको उपलब्धता र स्वास्थ्यकर्मीहरुको मनोवल उच्च राख्न आवश्यक व्यवस्था मिलाउनतर्फ सरकारलाई गम्भीर हुन माग गरे । 'देश दोश्रो चरणको कोभिड–१९ को संक्रमणको चपेटामा छ । संक्रमण दर तीव्र गतीमा बढेको छ भने सक्रमणवाट गम्भीर विरामी भएर आईसियु र भेन्ट