नेकपा एमालेले निर्वाचन आयोगले भक्तपुर जिल्लाका चार पालिका र ६ वटा महानगरपालिकामा मतपत्रको अलग्गै डिजाइन गर्ने भनेर सार्वजनिक भएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । एमालेले आइतबार यसबारे निर्वाचन आयोगलाई ध्यानकर्षण पत्र नै बुझाएको छ । ‘भक्तपुरका चार पालिका र ६ वटा महानगरपालिकाको मतपत्र छपाउँदा उम्मेदवारी परेको उम्मेदवारबाहेक अन्य उम्मेदवारको निर्वाचन चिन्ह हटाई मतपत्र छपाई हुने भनी हिजो केही अनलाइन मिडियामा प्रकाशित समाचारप्रति हाम्रो पार्टीको ध्यानाकर्षण भएको छ’, एमालेले भनेको छ