चितवनका सीडीओ जोडिएको माछा प्रकरण– ५० रुपैयाँले निम्त्याएको घटनाको नालीबेली

माछा खरिद गर्न जाँदा आफ्नै श्रीमती ‘ठगिएको’ भन्ने निहुँमा चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले चितवनमा माछा बिक्री केन्द्र र कृषकको फार्ममा नै सिल गरेको भन्ने विषय अहिले चौतर्फी चर्चा र आलोचनाको केन्द्रमा छ । कृषकहरूले आफूहरूलाई सीडीओले अनावश्यक दुःख दिएको गुनासो गरेका छन् भने सीडीओ तामाङले आफू नै ठगिनुपरेको जिकिर गरेका छन् । सीडीओले एक गाडी प्रहरी लिएर आएर फार्ममा ताला लगाएको कृषकको गुनासो छ । ‘उहाँले मुखमा आए जति गाली गर्नुभयो । कालोबजारी गर्ने ? मान्छेलाई ठग्ने ? भन्दै सिलबन्दी गरे...

सम्बन्धित सामग्री

मेयर रेणु दाहालको समन्वयमा चितवनका माछा व्यवसायी र प्रशासनबीच सहमति

भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालको समन्वयमा चितवनमा मत्स्य व्यवसायी र जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बीच देखिएको विवाद समाधान भएको छ । मेयर दाहाल, नेपाल मत्स्य व्यवसायी संघका प्रतिनिधि, सीडीओ आस्मान तामाङबीच भएको छलफलबाट सहमति जुटेको हो । व्यवसायी संघका अध्यक्ष खगेन्द्र सुवेदीले सहमतिका बुँदा प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरेका छन् ।

माछा किन्दा सीडीओ ठगिएपछि…

चितवन– चितवनमा माछाको मूल्यको विषयमा प्रमुख जिल्ला अधिकारी (सीडीओ) अस्मान तामाङ र माछा व्यवसायीबीच आरोप प्रत्यारोप सुरु भएको छ । सीडीओ तामाङले माछा किन्दा आफू ठगिएको भन्दै ठगी गर्ने व्यवसायीमाथि मुद्दा चलाउने बताएका छन् । माछा व्यवसायीले पनि सोमबार प्रेस विज्ञप्ति जारी गरी सीडीओले पदीय मर्यादा बिर्सिएर व्यवसायीलाई दुर्व्यवहार गरेको आरोप लगाएका छन् । सीडीओ […]