काठमाडौं : अमेरिका र चीनबीच लामो समयदेखि विभिन्न मुद्दामा जारी गतिरोधबीच आज अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भर्चुअल बैठक हुने भएको छ। यी दुई शक्तिशाली देशले गत साता स्कटल्याण्डको ग्लास्गोमा भएको जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि साझा सहमति गरेका थिए। तर‚ व्यापारका विषयमा शीतयुद्धमा रहेका दुई देशबीच ताइवानको मुद्दाले झनै दूरी बढाइरहेको छ। आज हुने दुई राष्ट्रपतिबीचको बैठकमा साइबर सुरक्षा, व्यापार र परमाणु लगायतका