प्रचण्ड र बामदेवबिच भेट

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा भएको भेटमा समाजवादी केन्द्रको एकता संयोजक समिति बनाउने विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ । भेटपछि पत्रकारहरुसँग कुरा गर्दै नेता गौतमले आफूहरुको नेता प्रचण्ड हो भन्दै छलफलबारे उनैसँग […]

सम्बन्धित सामग्री

प्रधानमन्त्री प्रचण्ड र संयुक्त राष्ट्र सङ्घका महासचिवबीच भेट

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेर्रेसबीच भेट भएको छ । संयुक्त राष्ट्र सङ्घीय खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा चलिरहेकाे 'युनाइटेड नेसन्स फुड सिस्टम २०२३ स्टकिङ मोमेन्ट' लाई सम्बोधन गरेपछि प्रधानमन्त्री प्रचण्डले महासचिव गुटेर्रेससँग भेट गर्नुभएको हो । भेटमा पर्यावरण, खाद्य सुरक्षा, नेपाल र राष्ट्र सङ्घबीचको सम्बोधनलाई अझ बलियाे बनाउनेबारे छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्ड र सिके राउतबीच भेट, के भयो कुराकानी ?

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनमत पार्टीका अध्यक्ष डा सिके राउतबीच भेट भएको छ । जनमत पार्टीका अध्यक्ष डा राउतले आइतबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा पुगेर भेट गर्नुभएको हो । गठबन्धनमा रहे पनि केही असन्तुष्टि राख्दै सरकार बाहिरै रहेको जनमत पार्टीलाई प्रधानमन्त्री दाहालले सरकारमा सहभागी हुन आग्रह गर्नुभएको अध्यक्ष राउतले जानकारी दिनुभयो । अध्यक्ष राउतले भन्नुभयो, …

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीसँग बाबुरामको भेट

काठमाडौं : नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छुट्टाछुट्टै भेट गरेका छन्। प्रचण्डसँग प्रधानमन्त्री निवास बालुवाटार र ओलीसँग बालकोटस्थित निवासमा पुगेर भेट गरेको उनको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार भेटमा समसामयिक विषयमा कुराकानी भएको छ । भट्टराई नेतृत्वको समाजवादी पार्टी मंसिर ४ को प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह लिएर होमिएको थ

प्रचण्ड–ओली भेट सकियो

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता सकिएको छ ।  प्रचण्डनिवास खुमलटारमा भएको भेट सरकारका कामकारबाहीलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा केन्द्रित रहेको एमाले अध्यक्ष ओलीले...

प्रचण्ड र खाणसँग जनमत पार्टीका सिके राउतको भेट

काठमाण्डाै - जनमत पार्टीका अध्यक्ष सिके राउतले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र गृहमन्त्री बालकृष्ण खाणसँग भेटवार्ता गर्नुभएको छ । राउतले हिजो बेलुका प्रचण्ड र खाणसँग छुट्टाछुट्टै भेट गर्नुभएको हो । त्यसअघि उहाँले प्रधानमन्त्री शेरबहादुर देउवासहितका कांग्रेसका नेताहरुसँग भेटेर सत्ता गठबन्धनमा सहभागी हुने आशय व्यक्त गर्नुभएको थियो। प्रचण्डलाई भेट्न राउत उहाँकै निवास ललितपुरको खुमलटार पुग्नुभएको थियो । खाणसँग पुल्चोकमा रहेको सरकारी निवासमा भएको भेटमा समसामयिक राजनीतिक अवस्थाबारे कुराकानी भएको गृहम...

प्रचण्ड र माधव नेपालसँग विप्लव समूहका नेताहरुको भेट

४ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विप्लव समूहका नेताहरुसाग भेट गरेका छन् । आइतबार भएको भेटमा जेलमा रहेका आफ्ना नेता कार्यकर्ताको रिहाइ लगायत तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारसँग भएको ३ बुँदे सहमति कार्यान्वयनको विषयमा छलफल भएको विप्लव समूहका नेता धर्मेन्द्र वास्तोलाले बताएका […]

प्रचण्ड र चिनियाँ राजदूत यान्छीबीच भेट

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ राजदूत होउ यान्छीबीच भेट भएको छ । आज भएको भेटमा दुवै जनाबीच चीनका विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका साथै समसामयिक विषयमा कुराकानी भएको छ । राजदूत यान्छी बिहान प्रचण्डलाई भेट्न खुमलटार पुगेकी थिइन् ।

प्रचण्ड र वामदेवबीच भेट

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र पूर्वगृहमन्त्री वामदेव गौतमबीच भेट भएको छ । शुक्रबार नेता गौतम माओवादी अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटारमा पुगेका हुन् । प्रचण्ड र गौतमको एक वर्षपछि भेट भएको प्रचण्डकी छोरी गंगा दाहालले फेसबुकमार्फत् बताएकी हुन् । प्रचण्डसँगको भेटमा गौतमले एमसीसी अनुमोदन गर्न नहुने विषयमा कुराकानी गरेको बुझिएको छ । उनले […]

पाँच वर्षपछि प्रचण्ड र विप्लवबीच भेट

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेट भएको छ।

प्रचण्ड र विप्लवबीच खुमलटारमा भेट

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेट भएको छ । नेकपा महासचिव विप्लव प्रचण्डलाई भेट्न पार्टीका स्थायी कमिटी सदस्य धर्मेन्द्र बाँस्तोला...