काठमाडौं । हाम्रो नेपाली पार्टीले डडेल्धुराबाट प्रतिनिधिसभा उम्मेदवार बनेका सागर ढकाललाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अगाडि सारेको छ । हाम्रो नेपाली पार्टी (लौरो अभियान) ले आज एक विज्ञप्ति जारी गर्दै ढकाललाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अगाडि सारेको हो । सो पार्टीका अध्यक्ष ई अनन्तराज घिमिरेले ढकाललाई विजयी गराउन पनि डडेल्धुराका मतदातालाई आग्रह गरेका छन् ।