अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको साधारण सेयर (आईपीओ) मा पहिलो दिन नै मागभन्दा धेरै आवेदन परेको छ । आजदेखि आइपिओ जारी गरेको कम्पनीमा पहिलो दिन नै २ गुणाभन्दा धेरैको आवेदन परेको हो ।कम्पनीले आजदेखि १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको १०० रुपैयाँ अंकित १९ लाख ५७ हजार ५०० कित्ता सेयर बिक्री खुलाएको थियो । तर, आज पहिलो दिन नै ४० करोड ९ लाख ७९ हजार रुपैयाँ बराबरको ४० लाख ९ हजार ७९० कित्ता सेयरमा आवेदन परेको हो ।कम्पनीले बिक्री खुलाएको सेयरमध्ये ३९ हजार १५० कित्ता सेयर कर्मचारीका लागि र ९७ हजार