विनाभिसा सिमाक्षेत्रमा आएर अमेरिका र मेक्सिको सीमानाको पर्खालबाट अमेरिकातिर हामफाल्ने खोज्दा खसेपछि घाइते भएका १० जना आप्रवासीहरुलाई अस्पताल भर्ना गरिएको क्यालिफोर्नियाका अधिकारीहरूले बताएका छन् । उनीहरु अमेरिका र मेक्सिको सिमानामा रहेको ३० फिट अग्लो पर्खालबाट खसेर घाइते भएका हुन् । सीमा गस्ती एजेन्टहरूले सान डिएगो नजिकैको टिवाना नदी उपत्यकामा शनिबार बेलुका ४ बजे घाइते आप्रवासीहरूलाई […]