थ्री नेसन्सकप : नेपाल र लाओस दुवै उत्साहित

प्रधानमन्त्री थ्री नेसन्सकपमा शुक्रबार नेपाल र लाओस भिड्दै छन् । दशरथ रंगशालामा हुने खेल औपचारिक मान्यताप्राप्त अन्तर्राष्ट्रिय खेल भने हुनेछैन । तर‚ दुवै टिम उपाधि जित्नका लागि उत्तिकै उत्साहित छन् । फाइनलको अघिल्ला दिन प्रि-म्याच कन्फ्रेन्समा दुवै टिमका प्रशिक्षकले आफ्नो टिमले राम्रो प्रदर्शन गर्ने दाबी गरे ।