कोरोना खोप आयात गर्न निजी क्षेत्रले तत्काल नपाउने

कोभ्याक्स सुविधाअन्तर्गत अनुदानमा आउने खोपबाहेक सरकारले ‘जी–टु–जी’ अन्तर्गत भारत सरकारसँग सीधै सम्पर्क गरेर सेरम इन्स्टिच्युटद्वारा निर्मित खोप खरिद गर्न सशक्त प्रयास गर्नुपर्ने देखिएको छ।

सम्बन्धित सामग्री

कोरोना खोप आयात गर्न सरकारको अनुमति कुर्दै निजी क्षेत्र

काठमाडौं। सरकारले अनुमति दिए कोभिड–१९ विरुद्धको खोप आयात गर्न आफूहरु तयार रहेको नेपाल उद्योग परिसंघले बताएको छ। परिसंघले देशमा देखिएको खोप अभावलाई पुरा गर्न आफूहरुलाई खोप आयात अभियानमा सामेल गर्न बताएको हो। भनेको छ, ‘संक्रमितको संख्या दिनदिनै बढिहेको समयमा चाँडो खोप आयात गरेर अभियान चलाउनुपर्छ।’ सरकारले अनुमति दिएमा फास्टट्र्याक गतिमा खोप ल्याउन निजी क्षेत्र तयारी अवस्थामा रहेको बताइएको हो।