संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संशोधन गर्ने सत्तारुढ गठबन्धनको निर्णय

काठमाडौँ- आज बसेको पाँच दलीय गठबन्धनको बैठकले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संशाेधन गर्ने निर्णय गरेको छ । दलका शीर्ष नेता संलग्‍न बैठकमा सत्य निरुपण तथा मेलमिलाप आयोग (टीआरसी) विधेयकका सम्बन्धमा वृहत् छलफल गरी यससँग प्रत्यक्ष अप्रत्यक्ष संलग्‍न सरोकारवाला, मानव अधिकारकर्मी, विभिन्न तह र तप्का तथा पीडितल...