लण्डनको मुख्य पर्यटकीय आकर्षक केन्द्र मानिने ट्राफल्गर स्क्वायरको प्रांगण आइतबार नेपालको झण्डा बौद्ध धर्मसँग सम्बन्धित विभिन्न किसिमका ध्वजा तथा पताकाले सजिसजाउ बन्यो । विश्वभरका पर्यटकको जमघट रहेको उक्त स्थानमा २५६६ औं जन्मजयन्तीको अवसर पारेर एक भव्य कार्यक्रमको आयोजना गरिएको थियो । मौलिक नेपाली पहिरनमा सजिएका नेपालीहरुको चहलपहल, नेपाली गीतसंगीत, साँस्कृतिक कार्यक्रमको गुन्जायमानले सो स्थानमा पुग्दा नेपालकै कुनै स्थानमा रहेको भान हुन्थ्यो ।बुद्ध नेपालमा जन्मिएको र बुद्धको सन्देश प्र