सुर्खेत : सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षाको प्रवेशपत्र शंकास्पद भेटिएपछि प्रहरीले एक सशस्त्र प्रहरीलाई पक्राउ गरेको छ।सशस्त्र प्रहरी बल मेहेश्वरी बाहिनी मुख्यालय सुर्खेतमा कार्यरत दैलेखको गुराँस गाउँपालिका–४ का भक्तबहादुर शाहीलाई पक्राउ परेका हुन्।प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार गत साउन ११ गते दिएको मोटरसाइकलको सवारी चालक अनुमतिपत्र परीक्षाको प्रवेशपत्रमा यातायात व्यवस्था कार्यालयका कर्मचारीको किर्ते सही र छाप लगाई पास (उत्तीर्ण) लेखिएको शंकास्पद प्रवेशपत्र भेटिएको थियो।या