सत्ता साझेदार दल कांग्रेस–माओवादी केन्द्रका जिल्ला नेतृत्व सिन्धुपाल्चोकमा चुनावी तालमेल गर्ने तयारीमा थिए । प्रतिनिधिसभा सदस्यका दुई निर्वाचन क्षेत्रमध्ये एउटामा केन्द्रका स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटा र अर्कोमा कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतलाई उतार्दै प्रदेशसभासमेत बाँड्ने गरी छलफल सुरु भइसकेको थियो।