वाणिज्य बैंकहरुले असोज महिनाका लागि आफूखुशी ब्याजदर बढाएपछि यतिखेर चौतर्फी विरोध भएको छ । आर्थिक संकटका कारण अन्य व्यापार व्यवसाय तथा उत्पादनका क्षेत्र प्रभावित भइरहेका बेला थप समस्या ल्याउने गरी बैंकहरुले ब्याजदर वृद्धि गरेको भन्दै विरोध भएको हो । संकटको मौकामा बैंकहरुले आफ्नो नाफालाई मात्रै ध्यान दिएर अन्य क्षेत्रप्रति गैरजिम्मेवार बनेको आरोप उद्योगी व्यवसायीले लगाएका छन् । अर्थमन्त्री जनार्दन शर्माले पनि बैंकको ब्याजदर वृद्धिप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।‘हामी यस्तो देशमा छौं