नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले निर्णय गरेर संसद्ले व्याख्यात्मक टिप्पणीसहित एमसीसी पारित गरेकोलाई औचित्य छैन भन्नु संसद्को अबमूल्यन भएको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले हाम्रो आफनो सन्धि, ऐन र अन्तर्राष्ट्रिय कानुनले पनि व्याख्या गर्ने अधिकार हामीमा सुरक्षित गरेको प्रष्ट पार्नुभयो । महामन्त्री थापाले व्याख्यामा केही नयाँ नभएको बताउँदै सन्धि …