लुम्बिनीको कुल जनसंख्या ५१ लाख २४ हजार २ सय २५ छ । यो नेपालको कुल जनसंख्याको १७.५५ प्रतिशत हो । कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा यस प्रदेशको हिस्सा १४.१ प्रतिशत छ । गत आर्थिक वर्षमा प्रदेशको आर्थिक वृद्धिदर ५.३६ प्रतिशत रहने केन्द्रीय तथ्यांक विभागको प्रक्षेपण छ ।