नेपाल बार एसोसिएसनको केन्द्रीय कार्यसमिति निर्वाचनको मतगणना जारी छ । बिहीबार अपरान्ह साढे १२ बजेसम्मको मतगणनाअनुसार सत्ता गठबन्धनबाट अध्यक्षका प्रत्यासी बनेका गोपालकृष्ण घिमिरे प्रगतिशील समूहका अध्यक्षका उम्मेदवारभन्दा दोब्बर मतले अगाडि देखिएका छन् । मध्यान्ह १२ : ३० बजेसम्मको मतगणनाअनुसार गठबन्धनबाट अध्यक्षका प्रत्यासी बनेका गोपालकृष्ण घिमिरेले २२४० मत पाएका छन् भने प्रगतिशील समूहका उम्मेदवार विष्णुमणि अधिकारीलाई ११६९ मत प्राप्त भएको छ । अध्यक्षका प्रत्यासी घिमिरे अधिकारीभन्दा १ हजार ७१ मत