५ रुपैयाँ सीआश्वा शुल्क लागु हुने मितिबारे धितोपत्र बोर्डले पार्यो प्रष्ट

नेपाल धितोपत्र बोर्डले सीआश्वा शुल्कबारे थप प्रष्ट पारेको छ। संशोधित शुल्क लागू हुने मितिको सम्बन्धमा द्विविधा पर्न गएको भनी धितोपत्र बजार सहभागीहरु, लगानीकर्ताहरु तथा अन्य सरोकारवालाहरुबाट स्पष्ट गरिदिनका लागि बोर्डमा अनुरोध भई आएकोले बोर्डले यसबारे थप प्रष्ट पारेको हो ।बोर्डका अनुसार २०७९।०५।०५ भन्दा अगाडि सार्वजनिक निष्काशन खुल्ला भईसकेका संगठित संस्थाहरुको धितोपत्र सार्वजनिक निष्काशनको आवेदनको हकमा साविकको (संशोधित अघिको) व्यवस्था बमोजिमको शुल्क लाग्ने तथा २०७९।०५।०५ पश्चात धितोपत्रको सार्वजनिक गरेका संगठित संस्थाहरुको धितोपत्र सार्वजनिक निष्काशनको आवेदनको हकमा संशोधित व्यवस्था लागु गर्नु पर्ने छ। अर्थात २०७९।०५।०५ पश्चात धितोपत्रको सार्वजनिक गरेका संगठित संस्थाहरुको धितोपत्र सार्वजनिक निष्काशनको आवेदन दिंदा अधिकतम ५ रुपैयाँ भन्दा बढी शुल्क लिन पाइने छैन । बोर्डले धितोपत्र सार्वजनिक निष्काशनको आश्वा प्रणालीमा लाग्ने शुल्कलाई लगानीकर्ता मैत्री बनाउदै समयानुकुल परिमार्जन गरी “धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी निर्देशिका, २०७३” मा तेस्रो संशोधन गरी मिति २०७९।०५।०५ देखी लागु गरेको थियो।उक्त संशोधनमा निम्न ३ वटा मुख्य ब्यबस्था समावेश छन् ।  १. बैंक वा वित्तीय संस्थाले धितोपत्र खरिद सम्बन्धी सुविधा उपलब्ध गराए बापत बढीमा एक सय रुपैयाँ सेवा शुल्क लिन सक्नेमा सो सेवा शुल्क घटाई बढीमा पाँच रुपैयाँ सेवा शुल्क लिन सक्ने व्यवस्था गरिएको छ।२. बैंक वा वित्तीय संस्थाले निष्काशन तथा बिक्री प्रवन्धकलाई प्रति दरखास्त दश रुपैया बुझाउनु पर्नेमा सो घटाई प्रति दरखास्त दुई रुपैया बुझाउनु पर्ने व्यवस्था गरिएको छ ।३, धितोपत्रको केन्द्रीय निक्षेप सेवा प्रदायकले सुविधा उपलब्ध गराए बापत निष्काशन तथा बिक्री प्रबन्धक वा वैक वा वित्तीय संस्थाले प्रति दरखास्त वापत दुई रुपैँयाका दरले शुल्क बुझाउनु पर्नेमा सो घटाई निष्काशन तथा बिक्री प्रबन्धकले प्रति दरखास्त वापत एक रुपैयाँका दरले शुल्क बुझाउनु पर्ने व्यवस्था गरिएको छ।

सम्बन्धित सामग्री

धितोपत्र बोर्डले सार्वजनिक निष्कासनको स्वीकृति रोक्यो

नेपाल धितोपत्र बोर्डले हाललाई अघोषित रुपमा स्वीकृति रोकेर अबदेखि सञ्चालक समितिबाट स्वीकृत गराएर मात्रै सार्वजनिक निष्कासन गर्न पाउने निर्णय गर्न लागेको छ ।

केयर रेटिङस् नेपाललाई धितोपत्र बोर्डले गर्‍यो कारबाही

काठमाडौं– नेपाल धितोपत्र बोर्डले स्वार्थ बाझिने रेटिङ गरेको भन्दै केयर रेटिङस् नेपाललाई कारबाही गरेको छ । २ असोज मंगलबार बसेको नेपाल धितोपत्र बोर्डको सञ्चालक समितिको बैठकले केयर रेटिङ्सलाई नगद जरिवाना गराएको धितोपत्र बोर्ड स्रोतले जनाएको हो । नियमविपरीत स्वार्थ बाझिने रेटिङ गरेको पुष्टि भएपछि बोर्डले कम्पनीलाई ५० हजार रूपैयाँ नगद जरिवाना गरेको हो । विशाल […]

समयमै वित्तीय विवरण नबुझाउने कम्पनीलाई धितोपत्र बोर्डले कारवाही गर्ने

११ साउन, काठमाडौं । नेपाल धितोपत्र बोर्डले सूचीकृत कम्पनीलाई सूचना, जानकारी तथा विवरणहरु समयमै पेश गर्न निर्देशन दिएको छ । बोर्डले समयमै निर्देशन पालन नगर्ने सूचीकृत कम्पनीलाई कारवाही गर्ने चेतावनी पनि दिएको छ । समयमा वित्तीय विवरण र वार्षिक प्रतिवेदन पेश नगर्ने संस्थालाई कारवाही गर्ने चेतावनी बोर्डले दिएको छ । बोर्डले धितोपत्र दर्ता तथा निष्कासन […]

सर्वोच्चको आदेशपछि धितोपत्र बोर्डले रोक्यो लाइसेन्स दिने प्रक्रिया

१५ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेशपछि नेपाल धितोपत्र बोर्डले लाइसेन्स वितरण प्रक्रिया स्थगित गरेको छ । नेपाल धितोपत्र बोर्डले धितोपत्र बजार सञ्चालक (स्टक एक्सचेञ्ज), वस्तु विनिमय बजार (कमोडिटी एक्सचेञ्ज) र धितोपत्र दलाल व्यवसायी (स्टक ब्रोकर) को लाइसेन्स प्रक्रिया तत्कालका लागि स्थगित भएको जनाएको छ । बोर्डले १५ कात्तिक मंगलबार एक सूचनाका प्रकाशित […]

धितोपत्र बोर्डले माग्यो दुई दर्जन कर्मचारी

२८ असोज, काठमाडौं । नेपाल धितोपत्र बोर्डले दुई दर्जन नयाँ कर्मचारी भर्ना गर्न आवेदन माग गरेको छ । बोर्डले निर्देशक, सहायक निर्देशक र बरिष्ठ सहायक गरी दुई दर्जन कर्मचारीबाट आवेदन माग गरेको हो । अधिकृत द्वितिय श्रेणीका पदहरुको हकमा २१ वर्ष पुरा भई ४० वर्ष ननाघेको र अधिकृत तृतीय श्रेणीका पदको हकमा ३५ वर्ष ननाघेको […]

धितोपत्र बोर्डले माग्यो कर्मचारी(सूचनासहित)

काठमाडौँ – नेपाल धितोपत्र बोर्ड (सेबोन)ले कर्मचारी माग गरेको छ । बोर्डले एक सूचना जारी गर्दै खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षामार्फत दरखास्त खुलाएको हो । जसअनुसार निर्देशक, सहायक निर्देशक र वरिष्ठ सहायक पदका लागि २३ जना कर्मचारी माग गरिएको छ । बोर्डले निर्देशक पदमा ४ जना, सहायक निर्देशक पदमा १६ जना र वरिष्ठ सहायक […]

धितोपत्र बोर्डले माग्यो नयाँ ब्रोकर लाइसेन्सका लागि आवेदन

नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको अनुमतिपत्रका लागि आवेदन माग गरेको छ । बोर्डले आज एक सूचना निकालेर अनुमतिपत्रका लागि आवेदन मागेको हो ।अनुमतिपत्रका लागि ३० दिन भित्र बोर्डमा आवेदन दिन आह्वान गरिएको छ । अन्तिम दिनमा सार्वजनिक विदा परेमा भोलिपल्ट कार्यालय समयभित्र निवेदन दिनुपर्ने सूचनामा उल्लेख छ । धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी)  नियमावली, २०६४ मा तोकिए बमोजिम निवेदन, निवेदन दस्तुर, विवरण तथा कागजात संलग्न गरी बोर्डमा निवेदन दिन बोर्डल

नयाँ ब्रोकर लाइसेन्सका लागि धितोपत्र बोर्डले माग्यो आवेदन

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको अनुमतिपत्रका लागि आवेदन मागेको छ । बोर्डले आज पत्रिकामा सूचना निकालेर अनुमतिपत्रका लागि आवेदन मागेको हो । गोरखापत्रमा प्रकाशित सूचनामा अनुपतिपत्रका लागि ३० दिन भित्र बोर्डमा आवेदन दिन आह्वान गरिएको छ । धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ मा तोकिए बमोजिम निवेदन, […]

नेपाल धितोपत्र बोर्डले अब हरेक वर्ष ब्रोकर लाइसेन्स खुला गर्ने

काठमाडौँ– नेपाल धितोपत्र बोर्डले अब हरेक वर्ष ब्रोकर लाइसेन्स खुला गर्ने भएको छ । बोर्डले धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता नियमावली, २०६४ संशोधन गरी उक्त व्यवस्था लागू गर्ने प्रस्ताव गरेको छ । ब्रोकर लाइसेन्सका लागि धितोपत्र बजारले पहिलो आर्थिक वर्षको हकमा ३० दिनको समय दिई निवेदन माग गर्ने व्यवस्था गरिएको छ । त्यसपछि, […]

धितोपत्र बोर्डले शुक्रबार जुमबाट लगानीकर्तालाई प्रशिक्षण दिदै

नेपाल धितोपत्र बोर्डले लगानीकर्तालाई प्रशिक्षण दिने भएको छ । ग्लोबल मनी विक २०२२ को अवसरमा बोर्डले लगानीकर्तालाई अवयरनेस कार्यक्रम सञ्चालन गर्न लागेको हो ।  बोर्डले सामुहिक लगानी कोष र क्रेडिट रेटिङ्गका आधारभूत विषयमा चैत ११ गते शुक्रबार जुमबाट प्रशिक्षण दिने भएको छ ।शुक्रबार दिउँसो १ः३० बजेदेखि आयोजना गरिने कार्यक्रम नेपाल धितोपत्र बोर्डले आयोजना गर्ने भएको हो...