१९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत महिला फुटबलमा नेपालले आज जपानसित खेल्ने भएको छ । नेपाल र जापानबीचको खेल आज साँझ ५:१५ बजे हुने छ । महिला फुटबलमा नेपालले जापानसित पहिलो पटक खेल्न लागेको हो । यसअघि समूह चरणको चरणको पहिलो खेलमा शुक्रबार नेपालले भियतनामसित हार बेहोरेको थियो । नेपाल भियतनामसित २–० गोल अन्तरले पराजित भएको …