नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सरकारले सदनलाई बीचैमा अन्त्य गरे ओलीको नियतिसामु समर्पण गरेको ठहरिने बताएका छन् ।
संसद बैठकमा जारी अवरोधबारे सामाजिक सञ्जाल फेसबूकबाट प्रतिक्रिया जनाउँदै नेता पौडेलले एमालेले महिनौंदेखि संसद अवरोध गरेर विघटन सही थियो भनेर सिद्ध गराउने र अन्ततः देशलाई अस्थिरतातर्फ धकेल्ने दुष्प्रयास गरिरहेको आरोप लगाए ।
‘६ महिनाको समयमा २–२ पटक संसद विघटन गरेर व्यवस्थालाई नै संकटमा पुर्याउने एमाले ओलीले महिनौं दिनदेखि संसद अवरोध गरेर विघटन सही थियो भनेर सिद्ध गराउने र...