किन हेर्ने त बुबाको मुख ?

काठमाडौं। कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिन हिन्दू परम्परामा भाद्र महिनाको औंसीका दिन मनाइन्छ। यसदिन पितालाई विशेष सम्मान गर्ने र आमाबाबु नहुनेले तीर्थमा गई श्राद्ध, तर्पण, दान गर्ने चलन छ। कुशमा ब्रह्मा, विष्णु र महेश्वरको बास हुन्छ भन्ने धार्मिक मान्यता छ। कुश घरमा राख्नु मात्र पनि पवित्र मानिने हुँदा पुरोहितहरू यस दिन यजमानका घरघरै कुश पुर्याउने गर्दछन्।