तस्वीर : थानकोट नागढुंगा सुरुङमार्गको मुख्य प्रवेशद्वार

निमार्णाधीन राष्ट्रिय गौरवका आयोजना थानकोट नागढुंगा सुरुङमार्गको मुख्य प्रवेशद्वाार । सो आयोजना निर्माण कार्यलाई तीव्ररूपमा अघि बढाउने सन्दर्भमा केही विदेशी तथा ५० नेपाली इञ्जीनियरसहित ६०० भन्दा बढी मजदूरको अहोरात्र परिचालनपछि हाल आयोजनाको समग्र भौतिक प्रगति १५ दशमलव ९ र आर्थिक प्रगति २५ दशमलव ५५ पुगेको आयोजना प्रमुख नरेशमान शाक्यले जानकारी दिए । काठमाडौंको बलम्बुस्थित तोतीपाखाबाट शुरु भइ धादिङको सिस्नेरीखोलामा पुगेर अन्त्य हुने मूल सुरुङ २५८ मिटर र सहायक सुरुङको प्रगति ४९९ मिटर पुगिसकेको छ । तस्वीर : रासस