मिलन च्याम्सको निर्देशनमा ‘वर एण्ड वधु’ फिल्म निर्माण हुने

मिलन च्याम्सको निर्देशनमा वर एण्ड वधु चलचित्र निर्माण हुने भएको छ ।  बुधवार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै फिल्मको नाम सार्वजनिक गरिएको हो । फिल्ममा वरिष्ठ कलाकार विजय लामा, वरिष्ठ कलाकार किरण केसी, नायिका आँचल शर्मा लगायतका कलाकारको अभिनय रहनेछ ।यही फिल्मबाट विवेक कर्माचार्यले चलचित्रमा डेब्यू गर्दैछन् । फिल्ममा विवाहसम्म पुग्दा जीवनमा भोगेका विषयवस्तुलाई उठान गरिने निर्देशक च्याम्सले बताए । उनले अबका दिनमा पनि नेपाली फिल्मले उत्कृष्ट कथावस्तु दिन नसके नेपाली सिनेमा क्षेत्र कमजोर रहन