'बाबुहरू ! मलाई खासै सुरक्षा थ्रेट पनि छैन, बरु भोलि बिहानै आए हुन्छ, अहिले आफ्नो घर जानुहोस् ।’ प्रदेश ६ प्रमुख दुर्गाकेशर खनालले आफ्नो सुरक्षार्थ खटिएका नेपाली सेनाका सुरक्षाकर्मीलाई एक साताअघि भनेको वाक्यांश हो यो । यसो भन्नुमा उनको बाध्यता थियो– कठ्यांग्रिदो चिसो अनि निवासमा सुरक्षाकर्मीका लागि बस्ने ठाउँ नहुनु । ‘मलाई त केही छैन, बिचरा यी बाबुहरू (सेना) लाई अहिले पनि उस्तै समस्या छ,’ मंगलबार खनालले सञ्चारमाध्यमसामु मुख खोले, ‘सरकारका तर्पmबाट केही पनि व्यवस्थापन भएको छैन ।’