राष्ट्रपति रनिङ सिल्डमा लुम्बिनी टिम च्याम्पियन

लुम्बिनी प्रदेशले १६ स्वर्ण, ११ रजत र ११ कांस्य जित्दै बिहीबार १२औँ केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उपाधि जितेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजनामा भएको प्रतियोगितामा दोस्रो भएको बागमती प्रदेशले १६ स्वर्ण, नौ रजत र २० कांस्य पदक हात पा-यो । तेस्रो स्थानको सुदूरपश्चिम प्रदेशले आठ स्वर्ण, नौ रजत