बागलुङ : धौलागिरि अस्पतालमा गर्मी लागेसँगै बिरामीको चाप ह्वात्तै बढेको छ। अहिले टोकन लिने, नाम लेखाउने, बिल काट्ने र चिकित्सकलाई भेट्न पालो कुर्नुपर्ने अवस्था रहेको छ।बिरामीको चाप बढेसँगै फार्मेसी र प्रयोगशालामा समेत बिरामीले लामो लाइन लाग्नुपर्ने अवस्था रहेको छ। बिरामीको चाप ओपिडीमा मात्रै नभएर इमर्जेन्सी र भर्ना वार्डमासमेत उस्तै चाप रहेको छ।पछिल्लो समय धौलागिरि अस्पताल निकै सुधारिएको पनि छ। अस्पतालमा टोकन प्रणाली राखिएको छ भने सरसफाइमा विशेष ध्यान दिइएको छ। तर पर्याप्त संख्यामा चिकित्सक