हेटौँडा : मकवानपुरको बकैया गाउँपालिकामा करेन्ट लागेर एक वृद्धको मृत्यु भएको छ।
मृत्यु हुनेमा बकैया–७ का ७२ वर्षीय मंगलबहादुर माझी रहेका छन्। विद्युतको हाइटेन्सन लाइनमा बढी भोल्टेजमा विद्युत प्रवाह हुँदा करेन्ट लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।