दोस्रो दिन पनि नेप्सेमा साढे २१ अंकको गिरावट, भयो चार अर्बको कारोबार

सोमबार पनि सेयर बजार परिसूचक (नेप्से) मा २१ अंक माथिको गिरावट आएको छ । मौद्रिक नीतिको समीक्षापछि पहिलो दिन अर्थात् गत आइतबार ८० अंक माथिले घटेको बजारमा दोस्रो दिन पनि २१.५१ अंकको गिरावट आएको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज सेयर बजार परिसूचक नेप्से २१.५१ अंकले घट्दै २६ सय २९.९७ विन्दुमा झरेको छ ।  यस दिन ‘क’ वर्गका ठूला कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स समेत ५.९२ अंकले घट्दै ४९५.५३ विन्दुमा झरेको छ ।आज हाइड्रोपावर र म्युचुअल फन्ड दुई उपसूचक बाहेक अन्य सबै उपसूचकहरु ऋणात्म